राप्रपा बैठक शुरू, थापा अनुपस्थित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्वाचित कार्यसमितिको पहिलो बैठक शुरू भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुरू भएको बैठकमा पार्टीका निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको बैठकमा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित भएकाे नेता राजाराम बर्तौलाले बताए । थापा किन बैठकमा गएनन् भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवास सचिवालयले महाधिवेशनमा हराएको दाेहाेर्‍याउँदै आएका छन् ।

थापाले आफूलाई बैठकबारे जानकारी नभएको बताएका थिए । बर्ताैलाले भने, ‘उहाँलाई साेधेकाे थिएँ, जानकारी छैन भन्नुभयाे ।’ नेता मोहन श्रेष्ठकाअनुसार भने बैठकमा तीनै जना निवर्तमान अध्यक्षहरूलाई बोलाइएको थियो । पूर्वअध्यक्षहरू पार्टीको पदेन सदस्य हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =