फेरि मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।

वाणिज्य बैंकमा एक अर्ब रुपैयाँ, विकास बैंकमा १८ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीमा ६ करोड २५ लाख रुपैयाँ गरी कूल १ अर्ब  २५ करोड रुपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अगामी पुष १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको कुल निक्षेप चार अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

यसअघि राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *