विभिन्न कार्यक्रमसहित चौथो वार्षिकोत्सव मनाउँदै भिभो

काठमाडौँ । भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरूको आयोजना गरी मनाउने भएको छ ।
यस वर्षका कार्यक्रमहरु विगत वर्षहरूको भन्दा आकर्षक रूपमा मनाइने भिभोले जनाएको छ । भिभोले यस वर्ष आफ्ना सहयोगी र ग्राहकहरूबाट अझ बढी सहयोगको अपेक्षा सहित कोसे ढुङ्गाको रूपमा मनाउने सन्दर्भमा सबैलाई  धन्यवाद ज्ञापन गरेको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा नयाँ स्मार्टफोन ग्राहकहरू समक्ष ल्याउने पनि जनाएको छ । यसका अतिरिक्त “सेल्स कार्निभल” को रूपमा मनाउँदै आफ्ना ग्राहकहरूलाई  पुरस्कारद्वारा सम्मानित पनि गर्ने कम्पनीले बताएको छ ।
सेल्स कार्निभल १५ डिसेम्बर २०२१ बाट सुरु भई ५ जनवरी २०२२ सम्म सञ्चालन हुनेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरिद गर्ने ग्राहकले ‘लक्की ड्र’ मा सहभागी हुन सक्ने र लक्की ड्र मार्फत पुरस्कार पाइने भिभोले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *