‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरू माझ प्रस्तुत गरेको हो ।

जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका साथै अन्य जोखिमयुक्त पेशा अपनाउने व्यक्तिहरूलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना ल्याएको हो ।

यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने नेपाल लाइफले जनाएको छ।

५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बिमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ ।

अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाख सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने बताएको छ ।

यो बीमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ९पचास हजार देखि–(एक करोड) सम्मको बीमाङ्क रकमको बिमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजनामा वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट हुने छैन ।

बीमालेख चालु रही बिमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बिमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने जनाएको छ ।

बीमालेख चालु रही बिमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम  आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने पनि जनाएको छ ।

यदि कदम कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात् बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *