फोनिज काठमाडौँको अध्यक्षमा डंगोल

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काठमाडौँको अध्यक्षमा शैलेश डंगोल सर्वसम्मत रूपमा चयन भएका छन् । सोमबार काठमाडौँमा सम्पन्न जिल्ला अधिवेशनले १३ सदस्यीय कार्यसमिति टुङ्ग्याउँदै त्यसको नेतृत्व डंगोललाई सुम्पेको हो ।

अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पालाई सर्वसम्मत रूपमै चुन्दा सचिवको जिम्मेवारी निशा तामाङले पाएकी छन् । सहसचिव राम मगर र कोषाध्यक्षमा रजनी श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् भने सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सदस्यको जिम्मेवारीमा आएका छन् ।

अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधिसमेत चयन गरेको सदस्य तेज किराँतीले जानकारी दिए । उनकाअनुसार सदस्यहरूमा राजेन्द्र मानन्धर, उदेन न्हुसामी मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिकबहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्रमान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा श्रेष्ठ रहेका छन् ।

अधिवेशनले ७औं संघीय महाधिवेशनका लागि ११ सदस्यीय प्रतिनिधि टोलीसमेत चयन गरेको छ । जसमा राज्यलक्ष्मी शाक्य, यशोदा भुजेल, सुन्दरभक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्नकाजी महर्जन, राम मगर रहेका छन् ।

फोनिजको संघीय महाधिवेशन आगामी माघ ७ र ८ गते हुँदैछ । फोनिजको विधानअनुसार ३० जनासम्म सदस्य भएको शाखाबाट संघीय महाधिवेशनका लागि १ महिलासहित २ प्रतिनिधि चयन गर्नुपर्छ । ३० भन्दा बढी सदस्य संख्या रहेको शाखाबाट हरेक १० जना सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने व्यवस्था विधानमा छ भने प्रदेश महाधिवेशनको लागि ७ सदस्य बराबर १ प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =