कोटेश्वरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडाैँ । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । कोटेश्वरस्थित आकाशे पुलनजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सडक किनारामा रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो ।

उक्त ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =