एनसेल र राकुटेन भाइवरबीच साझेदारी

काठमाडौँ । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइवरले एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ ।

यस समझदारीअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरू हिरो प्याक, नन स्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइवर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउने एनसेलले जनाएको छ । यी प्याकहरूका साथ भाइवर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिले देखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड-अन’ को रूपमा उपलब्ध रहेका छन् ।

यो नयाँ अफरसँगै अब भाइवरका सुविधाहरू जस्तै भाइवर म्यासेजीङ्, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको छ । भाइवरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिष्कृत गरेको छ । त्यसै गरी, नसेल ग्राहकहरूले भाइवरको स्टिकरहरूमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी नसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ ।

एनसेलले पहिले नै भाइवरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइवर लेन्सको पनि सुरुवात पनि गर्नेछ । ग्राहकहरूले नसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, नसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =