बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनगढी । बाजुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुई जना घाइते भएका छन् । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङ्गा जाँदै गरेको अटो आइबार साढे ५ बजेको समयमा दुर्घटना भएका हो । अटो सडकबाट करिब दुई सय मिटर तल बुढीगंगा नदीमा खसेको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *