बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।

प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उहाँहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिएका सो समाचार समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *