राष्ट्रिय बाघ गणना आजदेखि, वन मन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ ।  राष्ट्रिय बाघ गणना आज आइतबारदेखि सुरु हुँदैछ । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सबाट गणनाको औपचारिक थालनी हुने भएको छ । यसअघि सन् २०१८ मा बाघको बाघको राष्ट्रिय गणना गरिएको थियो । त्यतिबेला नेपालमा बाघको सङ्ख्या २३५ पुगेको थियो ।

यस पटकको गणनामा २५० भन्दा बढी पुग्ने विश्वास गरिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गणनाका लागि दक्ष प्राविधिकको १३ वटा टोली बनाएर शनिबार नै फिल्डमा खटाइसकिएको छ ।

दक्ष प्राविधिक १२० जनालाई बाघ गणनासम्बन्धी  विशेष प्रशिक्षण दिइएको छ । आइतबार वन तथा वातावरणमैत्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने अत्याधुनिक क्यामरा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा राखेर उद्घाटन गर्ने कार्यक्रम छ । क्यामरा ट्र्याप विधिबाट बाघ गणना गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =