प्याब्सन नगर पदाधिकारीहरुले लिए सपथ

काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)ले काठमाडौँ जिल्लाभित्र रहेका महानगर र नगर कमिटीमा निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी उनीहरूलाई प्रमाण पत्र वितरण तथा सपथ गराइएको हो ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् परीक्षा प्रमुख गोपाल आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन काठमाडौँ जिल्ला र नगर कमिटीका वर्तमान एवं पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

गत असोज महिनामा सम्पन्न निर्वाचनबाट प्याब्सनको काठमाडौँ जिल्लाभित्र रहेका महानगर एवं नगर कमिटीले नयाँ नेतृत्व चयन गरेको थियो ।

काठमाडौँ जिल्लामा प्याब्सनको एक महानगरसहित १० वटा नगर कमिटी रहेको प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निजी विद्यालयका अन्य संगठन ‘इशान’ , ‘हिसान’ र ‘नेसनल प्याब्सन’का प्रतिनिधिहरू समेत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *