प्रधान न्यायाधीशविरुद्ध महाभियोग राजनीतिक समझदारीमा भर पर्छ : प्रचण्ड 

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधीश  चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको विषय राजनीतिक समझदारीमा भर पर्ने बताएका छन् । माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई चितवनमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘कोहीले सोचेका छन्, महाअभियोगको लागि भनेर । अर्कोतिर एमसीसीले के गर्छ भन्ने चिन्ता छ । यो हिउँदे अधिवेशन हो । महाअभियोग राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने कुरा हुन्छ ।’

उनले एमसीसी र महाभियोग लक्षित गरेर संसद् बैठक नबोलाइएको बताए  । उनले प्रतिगमनकारी शक्तिहरूले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *