कृषि पर्यटनको केन्द्र बन्दै ‘रामनगर’

धरान । बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन सुरु गरिएको छ । बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको हो ।

कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा जमिन नगरपालिकासँग भाडामा लिएर गत बैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उनले बताए । अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । प्रदेश सरकारको रू ४५ लाख र सहकारीको रू ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो ।

उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिकरूपले माछा पालन गर्दै आएका कार्कीको सकृयतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *