राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौँमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न पौने ११ बजेदेखि शुरू भएको हो ।

यसअघि बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान झन्डै ३ घण्टा ढिलो गरी शुरू भयो । अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *