ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन : डब्ल्यूएचओ

काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु पुष्टि नभएको जानकारी दिएको हो ।

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि मृत्यु नभएको पुष्टि डब्ल्यूएचओले जनाएको छ । तर सङ्क्रमण फैलिरहेकोले सचेत रहन आग्रह गरेको छ ।

डब्ल्यूएचओका सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि उनले सुझाव दिएका छन् ।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ । अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन ।

यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए । यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *