पश्चिमी वायुको प्रभाव

उपत्यकामा बाक्लो हुस्सु, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना 

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

मौसमविद् शान्ति कँडेलकाअनुसार अहिले प्रदेश नम्बर १ प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । ‘काठमाडौँ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ,’ उनले भनिन्, ‘ठूलो वर्षा र हिमपातको सम्भावना छैन । हुस्सु पनि दिउँसोबाट हट्छ ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

आज
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार
दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र प्रदेश न १, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
आज प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा हुनुको साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *