क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोन सङ्क्रमण भएको आशङ्का : ओस्लो

गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पार्टी जानेहरूमध्ये कोभिड सङ्क्रमण पुष्टि भएका अन्य व्यक्तिमा पनि ओमिक्रोन भाइरस देखिने सम्भावना भएकोले ओमिक्रोन सङ्क्रमित बढ्ने सम्भावना देखिएको छ ।

ओस्लो नगर प्रशासनले भनेको छ, “अहिलेसम्म पीसीआर परीक्षण भएका ६० र एन्टिजेन परीक्षण गरिएका अन्य चार जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”

“१७ जनामा ओमिक्रोन सङ्क्रमणको प्रबल सम्भावना छ तर त्यो अझै पक्का भएको छैन । अहिलेसम्म एक जनालाई ओमिक्रोन भएको पुष्टि गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

भोजमा सहभागी करिब १२० जनामध्ये सबैले खोप लगाएको बताइएको छ । सङ्क्रमितमध्ये केही व्यक्ति हालै दक्षिण अफ्रिका यात्रा गरेका पनि बताइएको छ । उनीहरू गत शुक्रबार आफ्नो मालिकद्वारा आयोजित क्रिसमस भोजमा सहभागी भएका थिए ।

नगर स्वास्थ्य अधिकारी टिन राभ्लोले एएफपीसँग भन्नुभयो, “उनीहरू सबैलाई खोप लगाइएको थियो, तिनीहरूमध्ये कसैलाई पनि जटिल लक्षणहरू थिएनन् र तिनीहरू सबैले आफै परीक्षण गरेका थिए । भोज लगायत सबै कुरा कोभिड कानून अनुसार गरिएको थियो र कुनै नियम भङ्ग गरिएको थिएन ।”

सङ्क्रमण देखिएका व्यक्तिमा सामान्य अहिलेसम्म टाउको दुख्ने, घाँटी दुख्ने र खोकी लाग्ने जस्ता हल्का लक्षण मात्र देखा परेका राभ्लोले बताउनुभयो । कुनै–कुनै परीक्षणहरूमा जाँच गरेपछि ओमिक्रोनको शङ्का उत्पन्न भयो यद्यपि सबैको पूर्णतया विश्लेषण गरिएको छैन ।यसको अर्थ पुष्टि गरिएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ ।

बिहीबार ओमिक्रोम सङ्क्रमणको शकास्पद घटना देखा परेपछि नर्वे सरकारले ग्रेटर ओस्लोमा धेरै प्रतिबन्धको घोषणा गरेको छ र यो आजै मध्यरातदेखि लागु गरिएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *