गोकर्णेश्वर मन्दिरमा शतबीज छर्न भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ । आज देशभरका शिवालयहरूमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । मङ्सिर कृष्ण चतुर्दशीको दिन विभिन्न काठमाडौँको गोकर्णस्थित गोकर्णेश्वर महादेव मन्दिरमा शतबीज छर्न आज साँझदेखि भक्तजनको भीड लागिरहेको छ ।

अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरूमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ ।

रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन् । बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइने गरिन्छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *