दक्षिण अफ्रिका र हङकङसहित ९ देशबाट नेपाल प्रवेशमा रोक

काठमाडौँ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको एक मन्त्रीले जानकारी दिए ।

उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने ती मन्त्रीले जानकारी दिए ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *