त्रिवि उपकुलपति कार्यालयमा तीनवटा ताला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तीनवटा तालाबन्दी गरिएको छ । त्रिविले करारमा रहेका प्राध्यापकहरुलाई स्थायी गर्ने निर्णय गरेकोमा निर्णय फिर्ता लिनुपर्नेलगायत माग गर्दै  तालाबन्दी गरिएको हो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बेग्लै ताला लगाएको छ भने ६ विद्यार्थी सँगठनले पनि तालाबन्दी गरेका छन् । जसमा कांग्रेस निकट नेविसंघसहित दुईवटा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु छैटौँ र समाजवादी विद्यार्थी युनियन रहेका छन् ।

उनीहरुले खुला प्रक्रियाबाट छनोट हुने प्रकृयाको मिति तत्काल तोक्नुपर्ने, आंशिक प्राध्यापकलाई स्वत करार गर्ने प्रकृया रोकनुपर्ने, स्ववियुको निर्वाचन गर्नुपर्ने लगायत माग गरिएको छ ।

यस्तै इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसमा कार्यरत प्रशिक्षहरुले पनि आफ्नो उचित ब्यवस्थापन हुनुपर्ने माग गर्दै आजै उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आफुलाई दिइएको जिम्मेवारी पनि निर्वाह नगर्ने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *