भरुवा बन्दुकसहित एक जना पक्राउ 

दोलखा । दोलखाबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिरी नगरपालिका-३ काप्साका ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुकसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले मादक पदार्थ सेवन गरी बन्दुक देखाएर घर परिवारसँग झै-झगडा गरिरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय जिरीबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =