अन्तर्राष्ट्रिय उडान रोक्ने भारतको निर्णय, नेपालकाे व्यावसायिक उडान प्रभावित

काठमाडौँ । भारतले अन्तर्राष्ट्रिय उडान फेरि रोक्ने भएको छ । यसअघि डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने बताएको भारतले कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय फेरेको हो  । भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार  एक परिपत्र जारी गर्दै उक्त निर्णय भएको जनाएको हो ।

परिपत्रमा भनिएको छ, ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ  ।’ यससँगै नेपालमा हुँदै आएको व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *