मुक्तिनाथका ग्राहकलाई नारायणी सेन्ट्रल अस्पताल र देव कर्नरमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थाहरू सँग सम्झौता गरेको छ ।

मुक्तिनाथ विकास बैङ्कले वीर गन्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगन्ज प्राविसँग र काठमाडौँमा विभिन्न शाखाहरू रहेको देव कर्नर ज्वेलरी सँग व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नारायणी सेन्ट्रल अस्पतालका सेवाहरू जस्तै बेड चार्ज, रेडियोलोजी, इन्भेस्टमेन्ट, डक्टर कन्सल्टेन्ट जस्ता प्रक्रियाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, देव कर्नरमा पनि सम्झौता पश्चात् बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले विभिन्न सेवामा ३० प्रतिशत सम्म छुट को फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *