बाजुरा विमास्थलमा देखियो रोचक दृश्य, यात्रुले धकेले विमान (भिडिओसहित)

धगनढी । बाजुराको कोल्टी विमानस्थलमा बुधबार यात्रुहरुले विमानलाई धक्का लगाइरहेको भिडिओ भाइरल भएको छ । भिडिओमा धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजलाई यात्रुले धक्का लगाएको देखिएको छ ।

धावनमार्गमा राखिएको जहाजको टायर पड्किएपछि अर्को जहाज उडाउन समस्या हुँदा यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी-वेबाट धकेलेर किनारा लगाइएको यात्रु खगेन्द्र खड्काले बताए ।

हुम्लाको सिमकोटबाट ९ एन-एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी-वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *