प्रश्न बाल संवेदनशीलताको : यात्रुवाहक सवारी लक्षित अभियान विराटनगरबाट सुरु

विराटटनगर । विराटनगरको ढाटमा केही मानिसहरू लाइन लागेर सार्वजनिक सवारीका साधनहरू रोक्न त्यसमा चढ्ने र झर्ने काम गर्दै थिए । बिहान करिब १० बजेतिरको यो दृश्यले सबै चकित थिए । विराटनगर महानगरपालिका र बुढिगंगा गाउँपालिकाको सीमामा रहेको ढाटमा सार्वजनिक सवारी साधन रोक्ने काममा ट्राफिक प्रहरीले सघाउँदै थियो ।

No description available.

झण्डै १० जना जतिको समूहमध्ये केहीले आफ्नो परिचय दिने कार्ड भिरेका थिए भने कोही हातमा पर्चा बोक्ने र गाडीको अगाडि, पछाडि तथा ढोकाहरूमा टाँस्दै थिए । त्यही समूहमध्येको अगुवा भने गाडीभित्र प्रवेश गरे र २ मिनेट आफ्ना कुरा सुनिदिन आग्रह गरे‚ आफ्ना कुरा सकेर झरे । यो क्रम निकैबेरसम्म चल्यो ।

No description available.

ट्राफिक प्रहरी भएकाले केही मोटरसाइकलहरू भाग्ने प्रयास गरेको पनि देखियो । कुरा अर्कै थियो ।

No description available.

बालबालिकाको समस्याबारे राष्ट्रिय बाल अधिकार परिषद्ले विभिन्न संघ संस्थासँगको सहकार्यमा बालबालिकाको ओसारपसार, बेचबिखन तथा बाल यौन दुराचार हुनबाट जोगाउनका लागि यो अभियान सुरु गरेको हो । सार्वजनिक सवारी साधनमार्फत जाँदा धेरै नागरिकमा एकै पटक पुग्न सकिने भएकाले यो अभियान यात्रुबाहक सवारीलाई लक्षित गरेर आयोजना गरिएको बाल अधिकार परिषद् प्रदेश १ का फोकल पर्सन सुमन अधिकारीले जानकारी दिए ।

No description available.

उक्त अभियानमा राष्ट्रिय बाल अधिकार परिषद्‌द्वारा सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र विराटनगरको टोली पनि सहभागी थियो । प्रदेश १ स्थित विराटनगरमा प्रहरी नायव निरीक्षकको कमान्डमा १०४ टोली परिचालित रहेको परिषद्ले जनाएको छ ।

No description available.

यो अभियानमा राष्ट्रिय बाल अधिकार परिषद्सँगै माइती नेपाल, सिविन नेपाल, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा यो अभियानको थालनी भएको हो । बालबालिका हराएमा, भेटिएमा वा बालबालिलकामाथि कुनै पनि दुर्व्यवहार भएमा बालबालिका खोज तलास केन्द्र १०४ मा खबर गर्ने बारेमा सचेतना अभियान आयोजना भएको सहयोगी संस्था माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए ।

No description available.

विराटनगरबाट सुरु भएको यो अभियान झापाको विर्तामोड, काँकडभिट्टा, धरानलगायतका स्थानमा पनि गर्ने तयारी राष्ट्रिय बाल अधिकार परिषद्को छ । बालबलिको क्षेत्रमा काम गर्दै आएको सिविनका बासु अधिकारीले बालबालिकाको क्षेत्रमा अहिले राम्रो काम भएको बताए । ‘हामीले १०९८ मार्फत काम गर्दै आएका थियौँ,’ उनले भने, ‘बालबालिका खोजतालास समन्वय केन्द्र १०४ मा फोन गर्दा छिनको छिनमै प्रहरी पुग्ने र उद्धारको काम हुने गरेको छ ।’

No description available.

बालबालिकामाथि घरायसी रुपमा हुने शोषण, र्‍याली तथा जुलुसमा बालबालिकाको प्रयोग, बालश्रम, अपहरण, बेवारीस बालबालिकाको बारेमा जानकारी दिन उनीहरूले सुसुचित गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *