सिक्किममा आजदेखि विदेशी पर्यटकलाई प्रवेश निषेध
२०७८ मंसिर १५ गते

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आजदेखि विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाएको छ । आज (बुधबार) बिहान ६ बजेदेखि लागू हुने गरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो।
ओमिक्रोनको सङ्क्रमण राज्यमा छिर्न नदिन विदेशी पर्यटकलाई प्रतिबन्ध लगाएको सिक्किम सरकारले जनाएको छ । मंगलबार राज्यको गृह विभागले एक सूचनामार्फत सिक्किम आउने विदेशी पर्यटकलाई अनुमति जारी नगर्ने बताएको हो ।
विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको हो। सिक्किम सरकारले राज्यमा प्रवेशका लागि बनाएका अन्य नियम यथावत् राखेको छन्। यसरी विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउने सिक्किम भारतको पहिलो राज्य हो।
२०७८ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








