‘येशुको नाममा हटिजा’ भन्दै धर्म परिवर्तन गराउने पास्टरलाई दुई वर्ष कैद
२०७८ मंसिर १४ गते

काठमाडौँ । धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालत डोल्पाले एक पास्टरलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको ।
जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यलाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- २ का महिलालाई उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र उनीहरूको तस्बिर दुरुपयोग गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।
उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको हो ।
२०७८ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








