लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

काठमाडौं । मेटलाइफ नेपालले लघुबिमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवातत गरेको छ। यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने कम्पनीले जनाएको छ ।

नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दाबी पेस गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्‍कन जस्ता सुविधाहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध रहेको बताए।

उनले द्रुत दाबी समाधान नै लघुबिमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्‍गा सावित हुने बताए।

लघुबिमामार्फत् सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघुवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बिमा कम्पनी हो।

कम्पनीको ग्रामीण कर्जा बिमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बिमा सुरक्षा प्रदान गर्दै आएको छ।

ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बिमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरी निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *