मच्छिन्द्रसँगको बराबरीले आर्मीलाई घाटा

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता त्रिभुवन आर्मी ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा भएको खेलमा एक अर्का विरुद्ध दबाब दिंदै गोलको प्रयास गरेपनि दुबै टीम सफल भएनन्।

खेलको २६ औं मिनेटमा मच्छिन्द्रले उत्कृष्ट गोलको अवसरलाई खेर फाल्यो। डिबक्समा नुर्लानले कट गरेको बललाई विकेश कुथुले वान टच समाउन नसक्दा पाएको मौकालाई सुनील बलले गरेको प्रहार बाहिरियो।
पहिलो हाफका सिमित अवसरमा गोल गर्न असफल भएका दुबै टीमले दोस्रो हाफमा गोल गर्ने विश्वास लिएको थियो तर दोस्रो हाफमा पनि गोल गर्न दुबै टीम असफल भए।

दोस्रो हाफमा दुबै टीम जोगिएर काउन्टर अट्याकको प्रयासमा रहेपनि सफल भएनन्। बराबरी पछि मच्छिन्द्रले दुई खेलमा चार अंक बनाउन सफल भयो भने आर्मीको दुई अंक भएको छ। आर्मीको यो लगातार दोस्रो बराबरी हो।
अकंतालिकामा ६ अंकका साथ मनाङ लिगको शिर्ष स्थानमा रहेको छ भने चार टिमले चार अंक बनाएका छन्। संकटा, सातदोबाटो, ब्रिगेड ब्वाइज र मछिन्द्रको समान चार अंक भएको छ। अब प्रतियोगिताको तेस्रो चरणका खेलहरु शुक्रबारबाट हुने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *