मेसीले जिते सातौं पटक बालोन डी-ओर

अर्जेन्टिनाका पेरिस सेन्ट जर्मेइन (पिएसजी) स्टार लियोनेल मेसीले सातौं पटक प्रतिष्ठित बालोन डी-ओर अवार्ड जित्दै आफ्नो कीर्तिमानि यात्रा जारी राखेका छन्। ३४ वर्षिय मेसीलाई सोमबार राति फ्रान्समा एक विशेष कार्यक्रमबिच यो अवार्ड प्रदान गरियो।

सन् २०२० मा कोरोना महामरीका कारण यो उपाधि कसैलाई पनि दिइएको थिएन। सन् २०१८ बाहेक सन् २००८ देखि २०१९ सम्म यो अवार्ड लियोनेल मेसी र क्रिश्टियानो रोनाल्डोका वरिपरि मात्र घुमिरहेको छ। सन् २०१८ मा भने लुका मोड्रिचले यो उपाधि जितेका थिए।

मेसीले यो अवार्ड सातौं पटक हात पारेका हुन्। उनले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डीुओर अवार्ड जितेका थिए। मेसी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने।

२०२१ का उत्कृष्ट खेलाडी घोषित मेसीले करिअरमा पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेका थिए। उनले २०२१ मा कुल ४० गोल समेत गरेका थिए। जहाँ बार्सिलोनाका लागि सर्वाधिक २८ गोल गर्दा पिएसजिका लागि ४ गोल गरे भने अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए। बार्यन म्युनिखका लेवान्डोस्की दोस्रो स्थानमा रहँदा चेल्सी तथा इटालिका मिडफिल्डर जोर्गिन्हो तेस्रो स्थानमा रहेन भने रियल म्याड्रडिडका करिम बेन्जामा चौंथो स्थानमा रहे।

विश्वका भरका खेल, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गर्ने गरिएको छ। महिलातर्फको बालोन डी-ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्। यस्तै जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयरको अवार्ड हात पार्न सफल भए। बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे। इटालीका गोलरक्षक जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे। क्लब अफ दि इयरको अवार्ड चेल्सीले हात पार्‍यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *