कांग्रेस उदयपुरको सभापतिमा देउवा पक्षका कार्की विजयी

उदयपुर । नेपाली काँग्रेस उदयपुरको सभापतिमा संस्थापन पक्षले जितेको छ । प्रदेश नम्बर १ सरकारका योजना तथा भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की सभापति पदमा निर्वाचित भएका हुन् ।

उनले ७ सय ६७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विदुर बस्नेतले ५ सय ८९ मत पाए । कार्की र बस्नेतबीच १२ औँ महाधिवेशनदेखि पार्टी जिल्ला सभापतिमा प्रतिस्पर्धा हुँदै आएको छ । १३ औँ महाधिवेशनमा कार्कीलाई पराजित गर्दै बस्नेत जिल्ला सभापति भएका थिए । त्यसअघि १२ औँ महाधिवेशनमा कार्कीले बस्नेतलाई पराजित गर्दै पार्टी सभापति भएका थिए ।

उपसभापति पदमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का, सह-सचिवमा टीकाराम बुढाथोकी विजयी भए। संस्थापन पक्षका उम्मेदवारहरूले पदाधिकारी र सदस्य पदमा इतर पक्षका उम्मेदवारहरूलाई एक सयभन्दा बढीको मतान्तरले पराजित गरेका छन् । जिल्लामा एक हजार ३ सय ७७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *