कांग्रेस वडाधिवेशन स्थल राख्ने विषयमा झडप, केही घाइते

सर्लाही ।  नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद र  झडप हुँदा सर्लाहीको बलरामा केही घाइते भएका छन् ।

झडपमा मतदान अधिकृतसहित चार जना प्रहरी र केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

एक पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेपछि प्रहरीसँग झडप भएको र त्यस क्रममा मतदान अधिकृत झाको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको र अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

बलरा नगरपालिका-९ अचलगढमा हिजो पनि वडा अधिवेशनकै विषयमा झडप भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *