आमाको कुटपिटबाट छोराको मृत्यु

विराटनगर । मोरङमा आमा र बहिनी मिलेर गरिएको कुटपिटबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका- ५ बस्ने वर्ष ४० का राजेन्द्र उराउको उनकी आमा बातिया उराउ र उनकी बहिनी रिता उराउको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।

गतशनिबार राति मादक पदार्थ सेवन गरी आएका राजेन्द्र र उनकी ५५ वर्षीय आमाबीच विवाद भएको थियो । विवादका क्रममा आमा र राजेन्द्रकी ३० वर्षीय बहिनी रिता उराउले बाँसको लौराले टाउकोमा प्रहार गर्दा घाइते भएकोमा उनको नोवेल अस्पताल विराटनगर उपचारको क्रममा गएराति मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।

कुटपिटबाट मृत्यु भएपछि प्रहरीलले मृतकका आमा बातियो र बहिनी रितालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *