महालक्ष्मी विकास बैंकले लाभांश दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *