प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच भयो डिजिटल सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै प्राइम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र अभय रिजाल, सीबीओ तथा प्राइम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेस इन्चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन्चार्जले आ–आफ्ना संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राइम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राइम बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रिगेटर हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ।

नेपाल पेमेन्ट सोलुसनले अधिकांश ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *