फेरि देखिए हैजाका बिरामी, १ जनाको मृत्यु

कपिलवस्तु।कपिलवस्तुमा हैजाको जीवाणु फेरि सक्रिय भएको छ । गत असोज १८ देखि जिल्लाका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणोन्मुख हुँदै गर्दा थप तीन पालिकामा हैजाका बिरामी देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाका कारण फेरि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ६, महुवाका १३ वर्षीया सिर्जना यादव रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । परीक्षणमा यादवलाई हैजा सङ्क्रमण पुष्टि भएको छ । उनको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *