आंशिक प्राध्यापक राईको निधन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक मोहनराज राईको निधन भएको छ । त्रिचन्द्र क्याम्पसको ग्रामीण विकास विभागमा अध्यापनरत राईको आइतबार निधन भएको हो ।

उनी केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उनी वीर अस्पतालमा उपचार गराएर स्वास्थ्यलाभ गराइरहेका थिए । राई एक इमान्दार र कर्तव्यनिष्ठ प्राध्यापक रहेको र उनको अभाव विभागलाई सधैँ खट्किरहने त्रिचन्द्र क्याम्पसको ग्रामीण विकास विभागका विभागीय प्रमुख नवराज भट्टराईले बताए ।

ओखलढुंगाका राई जीपी कोइराला मेमोरियल कलेज काठमाडौँका निमित्त क्याम्पस प्रमुख पनि थिए ।

राईका श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *