झापामा बस दुर्घटना‚ एकको मुत्यु, २२ घाइते

विराटनगर । झापामा दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका- ८ को बिरिङ्ग पुलमा बस दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये उपचारको क्रममा कन्काई नगरपालिका- ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अन्य घाइते भएकाहरूमध्ये ११ जनाको बी एन्ड सी अस्पताल र ११ जनाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *