‘जबज’बारे ओझाको नयाँ पुस्तक बजारमा

काठमाडौँ । पत्रकार तथा राजनीतिक विश्लेषक घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद : फरक बहस’ नामक पुस्तक बजारमा आएको छ ।

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन ‘जबज’माथि आलोचनात्मक टिप्पणी गरिएको उक्त पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको छ ।

पुस्तकमा तीन वटा खण्ड छन् । लेखकले पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश गरेका छन् ।  इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तकको बजार मूल्य २९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *