खोटाङको कांग्रेस सभापतिमा संस्थापन इतरका राईको प्यानलै विजयी

काठमाडौँ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका सर्वधन राईलाई ५९ मतले हराउँदै उनी सभापति बनेका हुन् ।

विष्णुकुमारले ६ सय ६९ र सर्वधनले ६ सय १० मत पाएको निर्वाचन समितिले जनाएको छ ।

रामचन्द्र पौडेलनिकट मानिने विष्णकुमार शेखर कोइराला समूहको सहयोगमा सभापति चुनिएका हुन् । उनीसँगै उनको सिंगो प्यानल नै विजयी भएको छ ।

राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा समिर राई र ज्ञानेन्द्र जोशी, सहसचिवमा सार्जन राई र शालिकराम बञ्जरा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *