आईआईडीएसको फेलोसिप कार्यक्रम सुरु

काठमाडौँ । सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएसले राष्ट्र निर्माण र विकासका लागि आईआईडीएस फेलोसिप कार्यक्रम सुरुवात गरेको छ ।

नेपाल-सर्वाङ्गीण विकास अध्ययन केन्द्र आईआईडीएसको परिसरमा औपचारिक रूपमा आईआईडीएस फेलोसिप कार्यक्रम सुरुवात गरी ४३ औँ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको अवसरमा आईआईडीएस त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएस र काठमाडौं विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

फेलोसीप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेको जनाएको छ ।

यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिने भएको छ।

पहिलो चरणको कार्यक्रम,सन् २०२२ मा हुने स्थानीय निर्वाचन पछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *