नेपाल टेलिकमले पायो ‘फाइभजी’ परीक्षणको स्वीकृति

काठमाडौँ । नेपाल टेलिकमले ‘फाइभजी’ परीक्षणको स्वीकृति पाएको छ । नेपालमा मोबाइल प्रविधिको पाँचौँ पुस्ता अर्थात् ‘फाइभजी’ परीक्षणको स्वीकृति पाएको टेलिकमले जनाएको छ । टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समिति बैठकले परीक्षण गर्न दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न दिने निर्णय गरिसकेको थियो । समितिको निर्णयपछि प्राधिकरणले गत साउनमा ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि २०७८’ जारी गर्दै कानुनी बाटो खुला गरेको थियो ।

कार्यविधिमा फाइभजी परीक्षणका प्रावधान उल्लेख गरिएको छ । प्राधिकरण बोर्डले टेलिकमलाई २६ सय मेगाहर्ट्ज ब्यान्डमा फाइभजी परीक्षणका लागि ६० मेगाहर्ट्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

उक्त फ्रिक्वेन्सी टेलिकमले परीक्षण अवधि सकिएपछि भने प्राधिकरणलाई नै फिर्ता गर्नुपर्नेछ । बोर्डको निर्णयसहितको पत्र प्राधिकरणले टेलिकमलाई दिएपछि फाइभजी परीक्षणको तयारी थाल्नेछ। टेलिकमले यसअघि काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *