दिल्ली सरकारले निर्माण मजदुरलाई राहत स्वरूप पाँच हजार दिने

नयाँ दिल्ली । भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ ।

वायु प्रदुषण न्युनिकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पिडित भएका मजदुरहरुलाई पाँच हजार रुपैया दिने निर्णय भएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए । ‘सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण कार्य गर्नबाट बञ्चित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ,’ उनले भने ।

काम विमुख भएका मजदुरहरुलाई उनीहरुकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उनले जानकारी दिए । सरकारका कारण कामबाट बञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपुर्ति स्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाइ छ । भारतका बिहीबार पनि वायु प्रदुषणको गुणस्तर अति नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *