स्वीडेनकी पहिलो महिला प्रधान मन्त्रीद्वारा केही घण्टामै राजीनामा

स्टकहोम । स्वीडेनको पहिलो महिला प्रधान मन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिएकी छन् । यान्डरसन बुधबार प्रधान मन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिएकी हुन् ।

यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट रोकिएको छ । ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ ।

यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताएकी छन् । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *