उद्योगमा कर्मचारी र मजदुरबीच कुटाकुट, एक जना अस्पताल भर्ना

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका १ मा रहेको आरती स्टीप्समा उद्योग सञ्चालक र कर्मचारीबीच कुटाकुट भएको छ ।

आरती स्ट्रीप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटपिटबाट घाइते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।

उनको टाउको, छाती र ढाँड लगायत शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ । सिंघलले यसअघि पनि ईन्द्रजीत गर्ग, संजीव शर्मा र नागेन्द्र सिंहलाइ कुटपिट गरेर हटाएसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार ४ दिन पहिलादेखि नै विवाद हुँदै आएकोमा आज साँझ कुटपिट भएको र एक जनासँग सोधपुछ भइरहेको छ । घाइते भएका नेपालको अवस्था सामान्य भएको एसपी जिसीले बताए ।

उद्योग सञ्चालक र कर्मचारीबीचको विवाद सतहमा आएपछि कुटपिट भएको हो । यसअघि पनि उद्योग सञ्चालकले कर्मचारीमाथि कुटपिट गर्दै आएका थिए । कर्मचारी मन नपर्दा उनीहरूले आफ्नै उद्योगका कर्मचारीमाथि भारतीय मजदुर प्रयोग गरेर कुटपिट गर्ने गरेको त्यहाँ कार्यरत नेपाली मजदुरले बताएका छन् ।

५ सय मजदुर कार्यरत यो उद्योग भारतीयको लगानीमा सञ्चालित छ । यो उद्योगले आरती जस्तापाता र आरती फलामे छड उत्पादन गर्दै आएको छ । घटना बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *