इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु

दमास्कस । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरू रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । ६ सैनिक र एक नागरिक घाइते भएको सानाले जनाएको छ ।

आक्रमण देशको मध्य भागका स्थानहरूलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन । सिरियाको हवाई सैन्य बलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको समाचार समितिले जनाएको छ ।

सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तरराष्ट्रिय समाचार संस्थाहरूलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौँ हवाई आक्रमणहरू गरेको छ । सरकारी स्थानहरूका साथै इरान समर्थित सेना र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।

इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *