द ब्रिटिस कलेजको सातौँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना सङ्क्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजनेस विषयका विद्यार्थीहरूलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरूलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरू जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए । त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट- सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा.मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दीक्षित विद्यार्थीहरूलाई बधाई दिएका थिए । कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायतको भने व्यक्तिगत रूपमै उपस्थित रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *