माओवादीका रुपन्देही इन्चार्ज बन्जाडेको दुर्घटनामा मृत्यु

बुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । गएराति पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो ।

लगत्तै उनकाे बुटवलस्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।

दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीत गढीमा दुर्घटना भएको थियो । सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *