प्रदेश १ : नेपाली कांग्रेसको संस्थापनमा बिग्रिएको अङ्कगणित

विराटनगर । प्रदेशको झापा मोरङ र सुनसरी बढी क्षेत्र भएका निर्वाचन क्षेत्र हुन् । यी क्षेत्रमा कांग्रेसका सभापति छान्न निक्कै सकस देखियो । अधिकांश क्षेत्रमा निर्वाचन भए । झापाका दुई प्रदेश निर्वाचन क्षेत्रमा निर्विरोध भए भने अरु सबैतिर चुनाव भए ।

निर्विरोध निर्वाचित भएकाहरू एक जना कृष्णप्रसाद सिटौलाका सभापति थिए भने अर्का विश्वप्रकाशको सभापति निर्वाचित भएको भनिन्छ । झापा मोरङ र सुनसरीमा संस्थापन पक्ष कमजोर देखिएको छ ।

मोरङ- १२ मा २ देउवा
मोरङमा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको १२ मध्ये २ वटामा मात्र संस्थापन समूहले नेतृत्व पाएको छ । १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको १० वटा क्षेत्रमा संस्थापन इतर सभापतिमा चुनाव जितेको हो ।

प्रदेश निर्वाचन क्षेत्र १ (क)मा नरबहादुर मोक्त्तान र (ख) राजकुमार लामा निर्वाचित भए । २(क) मा कन्हैया राजवंशी र (ख)मा देवेन्द्र बस्नेत सभापति बनेका छन् । यी दुवै संस्थापन इतरका हुन् । निर्वाच क्षेत्र ३ को (क) र (ख) दुवैमा संस्थापन इतरकै (क)मा गंगा याखा र (ख)मा जगतलाल चौधरी सभापति बने ।

क्षेत्र ४ (क) एकाराम माझी (ख) सुवोध निरौला र क्षेत्र ६ (क)मा दिपक भगत र (ख) मा मधुबाबु तिवारी निर्वाचित भए । संस्थापन समूहले निर्वाचन क्षेत्र ५ (क) र (ख) मात्र सभापतिमा जितेको छ । (क) अचालु खाँ र (ख) जितु साह छन् ।

सुनसरी ८ मा ३ देउवा
सुनसरीमा ८ वटा प्रदेश निर्वाचन क्षेत्रमा ३ जना देउवा लाइनका नेताले चुनाव जितेका छन् । प्रदेश निर्वाचन क्षेत्र सभापतिको निर्वाचनमा सुनसरीमा ३ क्षेत्रको सभापतिमा देउवा निकटका नेताले चुनाव जितेका छन् भने अरु सबैमा कोइराला-पौडेल समूहले जितेका छन् ।

सुनसरी प्रदेश निर्वाचन क्षेत्र १ (क) र (ख) दुवैमा संस्थापन इतरले सभापति जितेको छ । (क)मा अनिल श्रेष्ठ र (ख)मा प्रविन भट्टराई सभापति बनेका छन् । प्रदेश निर्वाचन क्षेत्र २ (क) मा सुभेक्छु देवान र (ख) मा श्यामलाल मेहता विजयी भएका छन् । देवान संस्थापन र मेहता संस्थापन इतरका नेता हुन् ।

क्षेत्र ३ (क) मा दिपक ढकाल र (ख) मा चिरन चौधरी विजयी भएका छन् । ढकाल संस्थापन इतर र चौधरी संस्थापन (गच्छदार) का हुन् । प्रदेश क्षेत्र ४ (क)मा निर्वाचित उपेन्द्र कटुवाल ढुलमुले नेताको रुपमा लिइन्छ । यिनका प्रतिस्पर्धी संस्थापन इतरका भएकाले कटुवाल पनि देउवा निकटका भनिन्छन् । प्रदेश निर्वाचन क्षेत्र ४ (ख) मा भिखारी मण्डलले २ मतले विजयी भए । उनी पनि संस्थापन इतरका नेता हुन् ।

झापामा दुई निर्विरोध
नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र सभापतिको नेतृत्व चयन झापामा पनि निर्वाचन भएको छ । १० वटा प्रदेश निर्वाचन क्षेत्र रहेको झापाको क्षेत्र नं १ को प्रदेश (क) को सभापति पदमा हरि बुढाथोकी र (ख) को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

क्षेत्र २ को (क)को सभापतिमा लक्ष्मी आचार्य र (ख) को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भए । क्षेत्र नं ३ को प्रदेश (क) मा चिन्तामणी खरेल र (ख)को सभापतिमा तुलसीप्रसाद ओली निर्वाचित भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र ४ को (क)मा विनोद ढकाल र (ख)मा ख्याम सिटौला निर्वाचित भए । क्षेत्र ५ को प्रदेश (क) को सभापतिमा जीवनकुमार राई र प्रदेश (ख)को सभापतिमा रवि न्यौपाने सभापतिमा निर्वाचित भएका छन् ।

झापामा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा देखिएको छ। निर्वाचन क्षेत्र १ र ५ को (क) र (ख) गरी ४ वटा क्षेत्र र निर्वाचन क्षेत्र ४ को (क) मा निविरोध भएका विनोद ढकाल पनि विश्वप्रकाशको लाइनमा रहेकाले ५ क्षेत्र विश्वप्रकाशका सभापतिले जितेको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । त्यस्तै निर्वाचन क्षेत्र २ र ३ को (क), (ख), (क) क्षेत्रमा चिन्तामणी खरेल निर्विरोध भएका थिए । क्षेत्र ४ (ख) सिटौलाले जितेकोले ५ वटा सभापति सिटौला लाइनले जितेको दाबी गरिएको छ ।

४ प्रदेश निर्वाचन क्षेत्र रहेको इलाममा पनि चुनाव भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) को सभापतिमा मैया लिम्बु निर्वाचित भइन् । क्षेत्र १ (ख) को नेपाली कांग्रेस सभापतिमा निष्कल राई निर्वाचित भए । इलाम क्षेत्र नम्बर २ (क) मा गोपाल चौहान निर्वाचित भए भने ‘ख’ मा खगेन्द्र लिम्बु निर्वाचित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *