मोरङको रंगेलीमा आगलागी

विराटनगर । मोरङको रंगेलीमा भएको आगलागीमा ८ लाख बराबरको क्षति भएको छ । रंगेली नगरपालिका ४ चोप्राहमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो भएको आगलागीबाट श्याम साहको घर तथा पटुवाको गोदाम घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, रंगेली नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट गोदामभित्र रहेको गहुँ, सन्पाट (पटुवा) समेत जलेर नष्ष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट आठ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *